बुधबार, जेठ १, २०८२

खोटाङमा बस दुर्घटना हुँदा सात घाइते

नेपालखोज २०७९ माघ ११ गते १३:२४

खोटाङ । काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै दुर्घटना भएको छ ।

प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया