बुधबार, वैशाख १२, २०८१

बिहानै तातो पानी पिउनुको फाइदा

डा. हेमराज कोइराला २०७९ पुष ४ गते १५:००

ग्यास्ट्रिकबाट राहत (Gastric Relief): दैनिक बिहान उठेको समय पेट खाली भएको हुन्छ । पेटमा एसिडको मात्रा बढेको हुन्छ र पेटमा ब्याक्टेरियाको वृद्धि भएको हुन्छ । तातो पानीले पेटमा न्यानो पन दिन्छ ।

कब्जियतबाट राहत (Relieve Constipation): बिहानको खाली पेटमा तातो पानी पिउने गर्दा कब्जियतबाट राहत मिल्दछ । तातो पानीले दिसा खुलाउने गर्छ । पेटको बिकार पदार्थलाई तातो पानीले दिसा खुलाई बाहिर निकाल्न मदत गर्छ ।

दुखाइमा छुटकारा (Pain Relief): मासिक धर्मको बेला पेट दुख्ने समस्या, टाउको दुख्ने समस्या, माइग्रेनको समस्या, पेट दुख्ने समस्या जस्ता विभिन्न समस्याहरु बाट तातो पानीले छुटकारा दिँदैछ । शरीरको विभिन्न अंगहरुमा दुखाइ भएका व्यक्तिहरुले तातो पानी पिउने गरे यसले पेटमा गर्मि बढाउँदछ र शरीरमा रगत संचालनमा सुधार ल्याउँदछ जसले गर्दा शरीरको विभिन्न अंगहरुमा हुने दुखाइ कम गराउन तातो पानीले मदत गर्छ ।

तौल घटाउने (Lose Weight) : दैनिक बिहान तातो पानी पिउने गर्दा यसले तपाईंको तौल घटाउन मद्दत गर्दछ । परापुर्वकालदेखि नै तौल कम गर्नको लागि तातो पानी पिउने प्रचलन छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया