काठमाण्डौंका अटो व्यवसायी आन्दोलित

नेपालखोज २०७९ माघ ११ गते १४:१२

काठमाडौँ । काठमाण्डौंका अटो व्यवसायी आन्दोलित बनेका छन् । ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरु आन्दोलित भएका हुन् ।

कुलेश्वर अटो व्यवसाय संघले काठमाडौं महानगरपालिकाको गेट अघि ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् । उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।

उनीहरूको ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा समेत विरोध कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया