एनआरएनएले ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रमको आयोजना गर्ने

नेपालखोज २०७९ माघ १२ गते १०:०२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको महिला विभागले विदेशमा रहेका नेपालीहरुको लागि ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम संयोजक डा. अलिनि पोखरेल सुवेदीका अनुसार एनआरएनहरुलाई नै स्वास्थ्य सेवा दिने उदेश्यले सो कार्यक्रमको थालनी गर्न लागिएको हो । भरर्चुअल माध्यमबाट हुने पहिलो चरणको कार्यक्रम आगामी आइतवार नेपाली समय अनुसार दिउसो। साडे १२ बजे आयोजना हुने भएको छ ।

एसिया प्यासिफिक क्षेत्रीयमा आयोजना हुने सो कार्यक्रममा उपस्थित भैदिन हुन् संघले आग्रह गरेको छ ।

प्रतिक्रिया