बिहीबार, वैशाख १३, २०८१

क्यानले त्रुटि स्विकायो, भन्यो– गलत नियत थिएन

नेपालखोज २०७९ माघ १२ गते १७:४७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगका लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् । तर आफूहरुको गलत नियत नभएको दाबी गरे ।

क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले अञ्जानमा त्रुटि भएको बताए । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको टी–२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ ।

नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।

क्रिकेट संघका अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए ।

प्रतिक्रिया