चारवटा प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा रहने
नेपालखोज
२०७९ माघ १३ गते ६:१७

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू(भागहरूमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया