स्थायी विकल्पको माग गर्दै सुकुम्बासीहरु सडक संघर्षमा
नेपालखोज
२०७९ माघ १३ गते १४:३०

काठमाडौं । स्थायी विकल्पबिना बस्तीबाट नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् । सुकुम्वासीहरुको नेतृत्व गर्दै आइरहेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले ३ बुँदे माग राख्दे बानेश्वर क्षेत्रमा शुक्रबार प्रदर्शन गरेका हुन् ।
उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् । धर्नामा हटाइन लागिएका थापाथली नदी किनारका सुकुम्वासीहरु सहभागी थिए ।
धर्नामा वृद्ध, वृद्धा तथा महिल पुरूषको ठूलो संख्यामा सभागी भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया