सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्थामा कडाइ

नेपालखोज २०७९ माघ १३ गते १५:१५

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ ।

मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा खटाइएको हो ।

प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको बताएकाे छ ।

प्रतिक्रिया