रास्वपाको आकस्मिक बैठक बस्दै
नेपालखोज
२०७९ माघ १३ गते २१:५२

काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि पार्टी सभापति पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।
सभापति रवि लामिछाने सांसदका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल गर्न अहिले बैठक जारी छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया