शुक्रबार, असार २०, २०८२

जलवाष्पयुक्त वायुको प्रभाव, देशको पहाडी भेगमा आंशिक बदली रहने

नेपालखोज २०७९ माघ १४ गते ६:१७

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको विभागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा्् आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया