अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै
नेपालखोज
२०७९ माघ १४ गते ९:५९

काठमाडाैं । अभिनेत्री तथा मोडेल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् । आज शनिबार भैरहवामा एक कार्यक्रममा एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन् ।
एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया