‘देशको राजनीतिक अवस्था र कांग्रेसको राजनीति कठिन अवस्थामा’
नेपालखोज
२०७९ माघ १४ गते १३:२९

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् ।
विराटनगरमा शनिबार नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले देशको राजनीतिक अवस्था र कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए ।
उनले राष्ट्रपतिको निर्वाचन पनि कुनै पनि हालतमा सार्न नहुने बताएका छन् । उनले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया