सुनको भाउ सामान्य बढ्यो, चाँदीको घट्यो
नेपालखोज
२०७९ माघ १५ गते १२:५५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया