इरानको सेनाको बेसमा विष्फोट
नेपालखोज
२०७९ माघ १५ गते ११:०९

काठमाडौं । इरानको इस्फाहान सहरमा रहेको सेनाको बेसमा ठूलो विष्फोट भएको छ ।
इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबी र सरकारी समाचार एजेन्सी इआरएनएले आइतबार रक्षा मन्त्रालयको हतियार निर्माण केन्द्रमा विष्फोट भएको जनाएको छ ।
तर, केही समयपछि रक्षा मन्त्रालयले ‘माइक्रो ड्रोन’ (सानो मानवरहित ड्रोन) मार्फत विस्फोट गराएको र ‘असफल हमला’ भएको बताएको छ । विस्फोटमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
विस्फोटको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यसमा, व्यस्त सडकको छेउमा बनाइएको यो लुकाउने ठाउँमा अचानक ठूलो आवाजको साथ आगोको गोला देखिन्छ, त्यसपछि धुवाँको मुस्लो उठेको देखिन्छ।
इस्फाहान सहर इरानको आणविक कार्यक्रमसँग सम्बन्धित छ र यसमा युरेनियम प्रशोधन केन्द्रहरू छन् । -बीबीसी हिन्दी
सम्बन्धित
प्रतिक्रिया