शुक्रबार, वैशाख ७, २०८१

आशा लघुवित्तको सफलता : ६ महिनामा कमायो ३ करोड ५९ लाख खुद मुनाफा

नेपालखोज २०७९ माघ १५ गते १२:३१

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले तीन करोड ६९ लाख ४१ हजार नौ सय ६३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा संस्थाले उक्त परिमाणमा खुद मुनाफा आर्जन गर्न सफल भएको हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ८० लाख ३८ हजार एक सय ५६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ८७ करोड ८८ लाख ९४ हजार ६ सय दुई रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ९७ लाख ९३ हजार एक सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ३४ लाख २९ हजार ६ सय ६७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड ८७ लाख २० हजार सात सय ७८ रुपैयाँ रहेको संस्थामा तीन दशमलव ५५ प्रतिशत स्प्रेड दर रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५३ करोड १६ लाख ५२ हजार छ सय ४९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६९ करोड ५५ लाख ६० हजार एक सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ६३ लाख ५८ हजार आठ सय १६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संंस्थामा तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ६ दशमलव ९७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया