सहिदका सपना साकार पार्न प्रतिवद्धता जनाउनुपर्ने : मुख्यमन्त्री शर्मा

नेपालखोज २०७९ माघ १६ गते १४:२४

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताएका छन् ।

सहिद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर-४को भैरव सामुदायिक वनस्थित प्रादेशिक सहिदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उनले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेद्भाव अन्त्य गर्न र सुखी तथा खुशी समाज निर्माण गर्न सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया