धितोपत्र बोर्डका अध्यक्ष हमालसँग अर्थ मन्त्रालयले माग्याे स्पष्टीकरण
नेपालखोज
२०७९ माघ १६ गते १७:०२

काठमाडाैं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
अर्थसचिव तोयम रायले आज मन्त्रालयमा बोलाएर हमाललाई स्पष्टीकरण सोधेका हुन् । हमालले आरोप मिथ्या भएको दाबी गरेका छन्। मन्त्रालयले भने आरोप गम्भीर प्रकृतिको भएकाले गम्भिर रुपमा छानबिन गर्ने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया