बुधबार, असार ११, २०८२

‘खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ’

नेपालखोज २०७९ माघ १६ गते २०:०२

काठमाडाैं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् । नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए ।

उनले खेलाडीको सुविधा र व्यवस्थापनका सम्बन्धमा आवश्यक सुधार गरी अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्नु आजको आवश्यकता रहेको विचार राखे । नेता बाँस्कोटाले भने, ‘खेलकुद राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान र आर्थिक कारोबार गर्ने ठाउँ भएकाले यसलाई राजनीतिबाट मुक्त गर्नुपर्छ ।’

महासङ्घका संयोजक पर्शुराम बस्नेतले आगामी फागुन ७ गते विराटनगरमा हुने दोस्रो अधिवेशनका लागि दुई सय १६ सदस्यीय केन्द्रीय कमिटी रहेको मूल व्यवस्थापन समिति र १५ वटा उपसमितिका संयोजक गठन गरेको जानकारी दिए । एमाले अध्यक्ष केपी शर्माले महाधिवेशनको उद्घाटन गर्नुहुने इन्चार्ज बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया