साताको तेस्रो दिन नेपाली बजारमा ५ सयले घट्यो सुनको मूल्य

नेपालखोज २०७९ माघ १७ गते ११:११

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । साेमबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा पुगेकाे हाे ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया