भ्रष्टाचारको सूचकांकमा नेपाल ११०औं स्थानमा

नेपालखोज २०७९ माघ १७ गते ११:४५

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२२ मा १०० मा ३४ अंक पाएर नेपाल ७ स्थान तल झर्दै ११०औँ स्थानमा परेको हो ।

पछिल्लो २ वर्ष नेपाल ११७औँ स्थानमा थियो । गत वर्ष नेपालले ३३ अंक पाएको थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानले ६८ अंक पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । सोमालिया १२अंक सहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

प्रतिक्रिया