बिहीबार, चैत १५, २०८०

११ बजे बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक साढे १२ बजे बस्ने

नेपालखोज २०७९ माघ १७ गते ११:५६

काठमाडौं । ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक साढे १२ बजे बस्ने भएकाे छ । पदाधिकारी बैठक डेढ घन्टापछि सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । प्रधानमन्त्री व्यस्त भएकाले केही समय बैठक सारिएको ढकालले बताए ।

आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ । पार्टीका नेताहरूले गृह मन्त्रालयमा पार्टीकै नेतालाई पठाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । गृह मन्त्रीबाट रबि लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया