आफूलाई गृह मन्त्रालय नदिए साँझ पत्रकार सम्मेलन गर्ने लामिछानेकाे अल्टिमेटम
नेपालखोज
२०७९ माघ १७ गते १२:११

काठमाडौं । आफूलाई गृह मन्त्रालय नदिए साँझ पत्रकार सम्मेलन गर्ने अल्टिमेटम दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग मंगलबार बिहान भेटवार्ता गर्दै गृहमन्त्री पदका बारेमा अल्टिमेटम दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री लामिछानेले आफू अथवा आफ्नो पार्टीको सांसदलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने बताएका छन् ।
उनले आफूलाई गृह मन्त्रालय नदिए मंगलबार साँझ नै पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्नुको साथै समर्थन पनि फिर्ता लिने बताएको बालुवाटार स्रोतले जनाएको छ । लामिछानेले प्रधानमन्त्रीसंगको आज गरेको भेटमा आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालय पुनः फिर्ता गर्न आग्रह गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया