शुक्रबार, जेठ ३, २०८२

सेभेन थ्री स्पोर्ट्सले रद्द गर्‍यो नेपाल टी-२० लिगको सम्झौता

नेपालखोज २०७९ माघ १७ गते १८:५७

काठमाडाैं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिग आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)सँग रणनीतिक एवं व्यावसायिक साझेदारीका रुपमा गरेको सम्झौता रद्द गरेको छ । 

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्को सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘टर्मिनेसन नोटिस’ पठाएको हो ।

९–२७ पुसमा आयोजना भएको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ ।

प्रतियोगिताका दौरान खेलाडीले पारिश्रमिक नपाएको र स्पट फिक्सिङ भएको लगायतका विवाद बाहिर आएकाे थियाे ।

प्रतिक्रिया