बिहीबार, वैशाख १३, २०८१

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ माघ १८ गते ११:३७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ भाउ बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया