शुक्रबार, जेठ ३, २०८२

सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना

नेपालखोज २०७९ माघ १८ गते ११:११

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपालमा हुने अन्तर्राष्ट्रिय खेल खेल्ने उच्च सम्भावना भएको छ । पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेसँगै उनलाई नेपाली टोलीमा फर्काउन खोजेको छ ।

बोडै बैठकका एक सदस्यका अनुसार सन्दीपको स्वास्थ्य अवस्था ठिक भएमा उनी नेपालमा हुने सबै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने निर्णय भएको छ ।

नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँग दुई सातापछि खेल्दैछ । त्यसपछि नेपालले युएईमा गएर विश्वकप लिग-२ अन्तर्गत नै फेब्रुअरी २७ देखि ६ मार्च सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । सन्दीपले त्यो सिरिज भने खेल्न पाउने छैनन् । उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान भने रोक लगाएको छ ।

त्यसपछि युएई र पपुवा न्युगिनीसँग ९ मार्चदेखि १६ सम्म टियु मैदानमा विश्वकप लिग २ को अन्तिम खेल खेल्नेछ । नेपालले अप्रिलमा एसिसी प्रिमियर कप आयोजना गर्दै छ । काठमाडौंमा सन्दीपको मुद्धा कायमै भएपनि क्यानले भने सिनियर टोलीमा फर्काउने निर्णय गरेको छ ।

प्रतिक्रिया