सामाजिक संजालमा राजेश हमालको सन्तानको चिन्ता

काठमाडाैं । अभिनेता राजेश हमालले आफ्नो फेशबुक पेजमा गुडनाइट भन्दै राखेको तस्बिरमा धेरैजसो टिप्पणीकर्ताले उनको सन्तान नभएकोमा चिन्ता प्रकट गरेका छन् ।
डर लाग्यो यार, अब कतै भुकम्प पो आउने त हैन् ?
अनिस दाहाल
अहिलेसम्म लब नपरेकाले मेरो पनि राजेश हमाल दाजुकै जस्तो हालत होला कि भन्ने बडो पिर छ “बुढेसकालमा जोडी फोटो मात्रै” ।
रबिन आले मगर
गुड नाईट भन्दै दिन जाने भए बुढाका, प्रगती जिरो भयो नाईटमा सुतेर भएन, दिन लाई रात बनाउनु पर्यो, बात समझ गए ? केहि हुन्छ कि ?
पुर्ण राना मगर
गुड नाईट मात्र नभन दाजै छाेरा छोरी पाउने कहिले हो ?
सिर्जन रामु गुरुङ
दुवैजना लाई कति सुहाएको !!
हरि खड्का
राम्रो राजेश दाई पनि सन्तान बिना नै मर्ने हुन कि क्या हो ?
अमर रामदाम
दाइ भतिज हेर्न मन ला थियो ।
बिजेस कार्की
उपचार वा देबि देउता गरेर नि सानो राजेश हमाल जन्माउनु पर्यो ।
लकि मोह
अव फोटो त अति शुन्दर छ दाई तर के भनम दाई- भाउजुले मलाई काका नबनाएर नै डाका बन्न लाग्या छु ।
सन्देश अन्जान लिम्बु
दादा सुत्नेबेलामा यस्तो पहिरनमा सुतेपछी भन्जा- भन्जी कसरी हुन्छ के ?
एक्स्ट्रा राज
ससुराली जाने हो, राजेश हमालले बच्चा कहिले पाउने हो ?
हरि राई
प्रतिक्रिया