बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
नेपालखोज
२०७९ माघ १८ गते १७:०३

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो
सभामा नेपाली कांग्रेस, नेकपा ‘एमाले’, नेकपा ‘माओवादी केन्द्र’, नेकपा ‘समाजवादी पार्टी’, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन ।
सम्बन्धित
प्रतिक्रिया