शुक्रबार, जेठ ३, २०८२

एन्फाका अध्यक्ष पंकजविक्रम एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

नेपालखोज २०७९ माघ १८ गते १९:०८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ बुधबार एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा भएको एएफसीको ३३औँ चुनावी कंग्रेसबाट नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । नेम्वाङसँगै साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालील समेत कार्यसमितिमा निर्वाचित भएका छन् । सेन्ट्रल जोनबाट इर्मातोभ रब्सान निर्वाचित भए । 

प्रतिक्रिया