मंगलबार, असार १७, २०८२

तराईमा हुस्सु/कुहिरो, पहाडी भू-भागमा आंशिक बदली रहने

नेपालखोज २०७९ माघ २० गते ६:२१

काठमाडाैं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको तथा तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको विभागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं. १ र गण्डकी  प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

त्यस्तै, आज राति प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया