सन्दीपलाई थुनामा राख्न माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दा पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।
मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेसी शुक्रबार तोकिएको जानकारी आएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए ।
गएको पुष २९ मा उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो । उच्चको आदेश सर्वोच्चको यसअघि यस्तै प्रकृतिका मुद्दामा गरेको फैसला नजिरको विरुद्ध हुने गरी लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर छ ।
नुवाकोट घर भएकी एक नाबालिगमाथि गएको भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित एक होटेलमा पुर्याएर बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा राखेरमा मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशलाई उच्च अदालतले पाटनले बदर गर्दै धरौटीमा छाडेको थियो ।
प्रतिक्रिया