मंगलबार, असार १७, २०८२

अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ १८ पैसा, बिक्रीदर ?

नेपालखोज २०७९ माघ २० गते ८:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (श्क्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९६ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया