मंगलबार, असार १७, २०८२

चितवनमा किसानको आन्दोलन : मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकियो

नेपालखोज २०७९ माघ २० गते १६:३७

काठमाण्डौं । लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फ्याँकेर विरोध जनाएका छन् ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे ।

सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको तरकारी किसान लेखनाथ भुसालले गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने उनीहरुको माग छ । किसानहरुले थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया