बुधबार, असार ११, २०८२

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएन, मन्त्रीमा जसपाकै बाहुल्यता

नेपालखोज २०७९ माघ २० गते १८:०९

काठमाडौं । मधेश प्रदेश सरकारमा माओवादी केन्द सहभागी जनाएको छैन । मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व नभएको हो । जसपाबाट मुख्यमन्त्री बनेका यादवले आज ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी केन्द्रले २ वटा मन्त्रालय मागेको थियो ।

मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

यस्तै, शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया