सोमबार, जेठ ७, २०८१

बहुप्रतीक्षित बलिउड चलचित्र

नेपालखोज २०७९ फागुन ३ गते १३:१०

काठमाडाैं । ‘पठान’को ठुलो सफलताले अन्ततः सबै अनुमानको अन्त्य गरिदियो र हिन्दी सिनेमामा दर्शकलाई हलसम्म तान्न सक्ने शक्ति छैन भन्ने आरोप पनि मेटियो । पठानपछि बक्स अफिसको हराएको गरिमा फिर्ता भएको छ । अहिले निर्माताहरूले आफ्ना आगामी फिल्मका लागि ठूलाठूला घोषणा गरिरहेका छन् किनभने उनिहरु यो तातेको वातावरण लाई चिसो हुन दिन चाहँदैनन् । अहिले सन् २०२३ को दोस्रो महिना चलिरहेको छ र आउँदा दिनमा धेरै ठूला र शानदार फिल्म रिलिज हुँदैछन् । यहाँ हामी शाहरुख खान, अजय देवगन, रणवीर कपुर र राजकुमार रावका बहुप्रतीक्षित पाँच वटा फिल्मका बारेमा कुरा गर्दैछौं जसको उत्सुकतापूर्वक प्रतीक्षा भइरहेको छ।

भीड : अनुभव सिन्हाले दस, रा.वन, तुम बिन, मुल्क, थप्पड, आर्टिकल १५ जस्ता धेरै फिल्म निर्देशन गरेका छन्। यो वर्ष उनी अर्को फिल्म ‘भिड’ लिएर आउँदैछन् जुन सामाजिक असमानता र व्यक्तिगत तथा सामूहिक शक्ति जस्ता मुद्दामा आधारित छ । यो फिल्ममा भूमि पेडनेकर, राजकुमार राव, दिया मिर्जा, पंकज कपुर, आशुतोष राणा आदि कलाकारले अभिनय गरेका छन । यो ‘थप्पड’ मा अभिनय गरेकी दिया मिर्जासँग अनुभवको दोस्रो फिल्म हो । दीयाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यो भीडको आत्माको आवाज सिधै मानवतासम्म पुगोस्। यो चलचित्र २४ मार्चमा रिलिज हुनेछ ।

भोला : मार्च ३०, २०२३ मा रिलिज हुने यो बहुप्रतिक्षित फिल्ममा अजय देवगन, दीपक डोबरियाल, तब्बु तथा मकरन्द देशपांडेले अभिनय गरेका छन । यो फिल्मलाई अजय देवगन आफैंले निर्देशन गरेका हुन् । यो फिल्म तमिल भाषाको हिट फिल्म कैथी (२०१९) को हिन्दी रिमेक हो र यो फिल्म एक्सनले भरिपूर्ण छ ।

जवान : पठान पछि शाहरुख खानको अर्को चलचित्र पनि आउँदैछ । अहिले सबैको नजर प्रख्यात तमिल निर्देशकद्वारा लिखित तथा निर्देशित थ्रिलर चलचित्र ‘जवान’ मा छ । यो फिल्मको युएसपी शाहरुख खानको दोहोरो भूमिका हो , र उनी तमिल सुपरस्टार विजय सेतुपतिसँग भिड्दैछन् । ‘जवान’ मा दीपिका पादुकोण र विजयसँगै नयनतारा , सान्या मल्होत्रा ​​तथा प्रियमणि पनि छन् । यो फिल्म जुन २ मा रिलिज हुँदैछ ।

एनिमल : ‘ कबीर सिंह ‘पछि निर्देशक सन्दीप रेड्डी वांगा यो वर्ष ‘एनिमल’ लिएर आउँदैछन् जुन ग्याङ्स्टरहरुको बदला लिने ड्रामा फिल्म हो । यो फिल्ममा रणवीर कपुर, रश्मिका मन्डन्ना, तृप्ती डिमरी, अनिल कपुर, बबी देओल आदिको अभिनय छ । एनिमल अगस्ट ११ मा रिलिज हुँदैछ ।

डंकी : निर्देशक राजकुमार हिरानी तथा लेखक अभिजात जोशी ‘डंकी’ लिएर आउँदैछन् । यो फिल्ममा तापसी पन्नु, बोमन इरानी, ​​जेरेमी व्हीलर तथा सतीश शाहले अभिनय गरेका छन । ‘डंकी’ २२ डिसेम्बरमा रिलिज हुनेछ ।

प्रतिक्रिया