एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटी बैठक सुरु
नेपालखोज
२०७९ माघ २१ गते १५:३९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो ।
बैठक आइतबारसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । पच्चीस पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न राजनीतिक आयामका बारेमा चर्चा गरे। त्यसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति आदि रहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया