बुधबार, असार ११, २०८२

रास्वपाको बैठक सुरु

नेपालखोज २०७९ माघ २१ गते २०:३९

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बसुन्धारास्थित पार्टी कार्यालयमा केहिबेर अघि सुरु बैठकले सरकारको सहभागिताको विषयमा छलफल हुनेछ ।

रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिनका लागि बैठक स्थगित गरिएको थियो । उक्त समय आज शनिबार सकिन लागेकाले पुनः बैठक बसेर निर्णय लिन लागिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले गृह बाहेक अन्य मन्त्रालय रोज्न र रवि लामिछानेलाई मन्त्रीको रुपमा नपठाउन खबर पठाएको बुझिएको छ । रास्वपा भित्र सरकार छाडेर प्रतिपक्षमा बस्नुपर्ने र अर्को मन्त्रालय रोजेर भएपनि सरकारमा रहेर काम गर्नुपर्ने दुवै मत रहेको बताइएको छ ।

प्रतिक्रिया