रास्वपा अनिर्णित
नेपालखोज
२०७९ माघ २१ गते २३:०६

काठमाडौं । सरकारमै रहने की बाहिरिने भन्ने विषयलाई टुंगोमा पुर्याउन शनिबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक विना निष्कर्ष टुंगिएको छ ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षमा पुग्न नसकेपछि आइतबार विहान ११ः३० बजे बस्ने गरि टुंगिएको प्रतिनिधि सभा सदस्य सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘पार्टीको कार्यक्रममा कतिपय नेताहरु राजधानी बाहिर रहेकाले निर्णयमा पुग्न गाह्रो भएको हो । पार्टीमा अलि फराकिलो ढंगले छलफल गरौँ भन्ने कुरा पनि भएको छ ।’
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको रास्वपाले समयावधि सकिन लाग्दा बैठक बोलाएको हो । रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया