सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

नेपालखोज २०७९ माघ २२ गते ६:४६
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे बस्ने छ । आजकाे बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने छ ।

शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको थियाे ।

रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् । 

प्रतिक्रिया