सोमबार, जेठ ७, २०८१

तपाईंसँग नक्सा छ ?

रामकृष्ण भण्डारी २०७९ भदौ १३ गते १३:५९

तपाईंसँग नक्सा छ ?
दु:खको छ कि सुखको !
दुःखको भए नआत्तिनू
बेसमेन्ट बलियो हुन्छ
आफ्नै पार्किङमा ‘कर्तव्य/श्रम र धैर्य’ अटाउँछन्
बिस्तारै तिनले सुख जन्माउँछन्
एकदिन जीवन सुन्दर बनाउँछन् ।

के तपाईंसँग नक्सा छ ?
मायाको छ कि तिरस्कारको ?
मायाको नक्सा मनमा राख्नू
पार्किङमा राख्नू सद्भाव
ताकि अरूसँग माग्नु नपरोस् ।
इमानको चारकिल्ला व्यवहारमा देखिन्छ
नच्यात्नु त्यो
जतनले राख्नू
कथम् कुनै दिन प्रश्नहरूबाट भाग्न नपरोस्
तपाईंको नक्सा तपाईंसँग नै हुन्छ
जिम्मेवारीको नक्सा
नैतिकताको नक्सा
सत्य र तथ्यको नक्सा
जतनले राख्नुहोस्
ताकि कुनै दिन कसैले डोजर नलगाओस् ।

प्रतिक्रिया