बुधबार, असार ११, २०८२

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपालखोज २०७९ माघ २२ गते ८:२०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शनिबारबाट सुरु भएको उक्त पार्टीको पाँचौँ केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल, भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने र बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।

प्रतिक्रिया