बिहीबार, वैशाख १३, २०८१

टाटाले चाँडै नानो ईभी लन्च गर्ने

नेपालखोज २०७९ माघ २२ गते ११:४६

विद्युतीय कारको माग तीव्र गतिमा बढ्दै गएको परिपेक्षमा टाटा मोटर्सले एक पछि अर्को इलेक्ट्रोनिक गाडि उत्पादन गरिरहेको छ । टाटा टियागो, टाटा अल्ट्रोज र टाटा नेक्सनका इलेक्ट्रिक संस्करणहरू सार्वजनिक गरेपछि अब टाटाले चाँडै टाटा नानो इलेक्ट्रिकलाई बजारमा उतार्दैछ । रतन टाटासँग हाल नानो इलेक्ट्रिकको स्वामित्व छ, जुन इलेक्ट्रा ईभीद्वारा डिजाइन गरिएको हो । रिपोर्टका अनुसार टाटा नानो Jayem नियोको नाममा सडकमा दौड्नेछ ।


२०१८ मा कोइम्बटूरमा भएको कम्पनी Jayem ले नानोको इलेक्ट्रिक भेरियन्ट Jayem Neo लाई प्रस्तुत गरेको थियो । त्यस पछि यो गाडिको ४०० इकाइ क्याब एग्रीगेटर ओलाले प्रयोग गर्यो। अब आगामी दिनमा सर्वसाधारणले पनि Jayem Neo किन्न सक्ने बताइएको छ ।


रिपोर्ट अनुसार नानो ईभीमा ७२ केभीको ब्याट्री प्याक रहनेछ । यो कारले फुल चार्जमा २०० किलोमिटरसम्मको रेन्ज दिन सक्छ। भारतमा यो कारको मूल्य ५ लाख भारतिय रुपैयाँसम्म हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया