बिहीबार, वैशाख ६, २०८१

दल एउटै छ…

अर्जुन पराजुली २०७९ माघ २२ गते १२:०२

दल एउटै छ मेरो देशमा
मात्रै नाम अलग अलग छ !

काम एउटै छ–केवल खाने
मात्रै बदनाम अलग अलग छ !

माओ, लेलिन, विपी, राजा
आ–आफ्नु राम अलग अलग छ !

उद्यम एउटै बेच्ने आफनु राम
मात्रै धाम अलग अलग छ !

‘नैवेद’एउटै छ, भान्सा एउटै
खाने लाम अलग अलग छ !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया