भारतीय विद्यार्थीहरू कुन देश जान रुचाउँछन् ?

काठमाडाैं । २०१९ मा ७ लाख ७० हजार भारतीय विद्यार्थी उच्च शिक्षाका लागि विदेश गए भने २०२४ सम्म यो संख्या बढेर १८ लाख पुग्ने अनुमान गरिएको छ । के तपाईंलाई थाहा छ भारतीय विद्यार्थीहरू अध्ययनका लागि कुन देश मन पराउँछन् ? भारतीय विद्यार्थीहरूको पहिलो रोजाइ क्यानाडा हो । विदेशमा उच्च शिक्षाका लागि परामर्श दिने फर्म रेडसियरको प्रतिवेदनअनुसार २०१९ मा २ लाख २० हजार भारतीय युवा उच्च शिक्षा लिन क्यानाडा गएका थिए । यो सुचिमा त्यसपछि अमेरिका र अष्ट्रेलिया छन् ।
अमेरिकामा राम्रो भविष्य खोज्दै : लाखौं भारतीय विद्यार्थी राम्रो शिक्षा र राम्रो भविष्यको खोजीमा अमेरिका पुग्छन् । सन् २०१९ मा २ लाख २ हजार विद्यार्थीले अध्ययनका लागि अमेरिका रोजेका थिए ।
अष्ट्रेलिया पनि : प्रतिवेदन अनुसार क्यानाडा, अमेरिका र बेलायत बाहेक अष्ट्रेलिया पनि विद्यार्थीहरुको रोजाइमा छ । सन् २०१९ को तथ्यांक अनुसार १ लाख ४३ हजार विद्यार्थी उच्च शिक्षाका लागि अष्ट्रेलियाका विश्वविद्यालयहरूमा भर्ना भएका थिए ।
भारतीय विद्यार्थीहरू के पढ्छन् : उच्च शिक्षाका लागि विदेश छनौट गर्ने अधिकांश भारतीय विद्यार्थीहरू स्नातकोत्तर पाठ्यक्रमका लागि त्यहाँ जान्छन् । विदेशमा अध्ययन गर्ने यी भारतिय विद्यार्थीहरूले सामूहिक रूपमा वार्षिक २८ बिलियन डलर खर्च गर्छन् ।
अधिकांश विद्यार्थी पञ्जाब र आन्ध्र प्रदेशका : पञ्जाब र आन्ध्र प्रदेशबाट सबै राज्यहरूमध्ये सबैभन्दा बढी १२ प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् भने महाराष्ट्रका ११ प्रतिशत विद्यार्थी विदेश गएका छन्। अर्कातर्फ गुजरातका ८, कर्नाटकका ५ र तमिलनाडुका ७ तथा अन्य राज्यका ४५ प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेश पुगेेका छन् ।
प्रतिक्रिया