बुधबार, वैशाख १२, २०८१

युएसएआइडीका प्रशासक पावर नेपालमा

नेपालखोज २०७९ माघ २४ गते १५:०३

काठमाडौं ।अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइपुगेकी छन् ।

आफ्नो भ्रमणका क्रममा उनलेनागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले युएसआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने बताएका छन् ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसआइडीको प्रतिबद्धतालाई उजागर गर्नेछिन् । उनलेभ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछिन् । साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको विकासमा युएसएआइडीले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया