‘तिमी बिना’ बोलको भिडियो सार्वजनिक
नेपालखोज
२०७९ माघ २४ गते २२:४३

काठमाण्डौं । नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको ‘तिमी बिना’ बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।
सनिस श्रेष्ठको स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ । भिडियोमा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ ।
गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन ।
सम्बन्धित
प्रतिक्रिया