सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै
नेपालखोज
२०७९ माघ २५ गते ७:३७

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन् । रावललाई विश्वासको मत लिनका लागि आज (बुधबार) बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २६ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन ।
सम्बन्धित

प्रतिक्रिया