शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन आज

नेपालखोज २०७९ माघ २५ गते १०:३०

काठमाण्डौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन आज हुँदैछ । लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रिय सभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हा ।

तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएसँगै उक्त पद रिक्त थियो . आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । मत गणना गरिने र परिणाम आजै सार्वजनिक गर्ने तयारी गरिएको छ । नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ छ । यहाँ कुल मतदाता संख्या ३०५ जना रहेका छन् ।

प्रतिक्रिया