नौ जिल्लामा महिला सिडिओ
नेपालखोज
२०७९ माघ २५ गते ११:४९

काठमाण्डौं । पहिलो पटक नौ जिल्लाको कमान्ड सम्हाल्ने गरि महिला प्रमुख जिल्ला अधिकारी खटाइएको छ । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएपनि यो संख्या हालसम्मकै ठूलो हो ।
गृह मन्त्रालयका अनुसार ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ ।
धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठलाई पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया