भोलि उच्चस्तरीय संयन्त्रको बैठक बस्ने
नेपालखोज
२०७९ माघ २५ गते १२:००

काठमाडौं । भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने गरि बैठक बस्न लागिएको हो ।
बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए ।
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया