डिल्लीराम परे करिश्माको फन्दामा
नेपालखोज
२०७९ माघ २५ गते १४:४२

काठमाडौं । युट्युबका भाइरलम्यान डिल्लीराम खनाल अभिनेत्री करिश्मा मानरन्धरको फन्दामा परेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै करिश्माले खनाल विरुद्ध साइबर ब्युरोमा निवेदन दिएका छिन् । उनले नेपाल प्रहरीको साइबर ब्युरोमा हिजो उजुरी दिएको बताइन् ।
खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । खनालले एक अन्तरर्वार्तामा अमेरिकामा रवि र करिश्मा लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया